सोलो ‘२ रुपैयाँ’, सफलताको दोस्रो सातामा ‘ए मेरो हजुर २’

सोलो ‘२ रुपैयाँ’, सफलताको दोस्रो सातामा ‘ए मेरो हजुर २’

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – यो साता फ्राइडे रिलिज अन्तर्गत ‘दुई रुपैयाँ’ प्रदर्शनमा आएको छ | सोलो रिलिज अन्तर्गत प्रदर्शनमा आएको सिनेमाले ‘ए मेरो हजुर २’सँग प्रतिस्पर्धा गर्नु पर्नेछ । असिम शाह निर्देशित ‘दुई रुपैयाँ’ गीत र ट्रेलरका कारण चर्चामा छ ।

त्यसैले यसको बक्सअफिस रिपोर्ट प्रतिक्षित बनेको छ । मल्टीप्लेक्समा सर्वाधिक शोज पाएको सिनेमाले देशभर राम्रो हल संख्या पाएको छ । बलिउड, हलिउड र अन्य नयाँ नेपाली सिनेमा रिलिज नहुँदा ‘दुई रुपैयाँ’लाई सुरुवाती दिनमा फाईदा पुग्ने देखिएको छ ।

यो सिनेमामा निश्चल बस्नेत, आशिफ शाह, बुद्दी तामाङ, मेनुका प्रधान, रविन्द्र झा, टिका पहारी, राजन इशान लागायतका कलाकारको अभिनय छ । नेपाली पैसा ‘२ रुपैयाँ’वरिपरी घुम्ने यस कमेडी सिनेमा असिम शाहको डेब्यु निर्देशन हो ।

सफलताको दोस्रो सातामा ‘ए मेरो हजुर २’
झरना थापाको डेब्यु निर्देशन रहेको ‘ए मेरो हजुर २’ले सफलताको दोस्रो साता तय गरेको छ । दोस्रो सातामा पनि देशभर राम्रो हल संख्यामा प्रदर्शन भैरहेको सिनेमाले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ ।
पहिलो तिन दिनमा ३ करोड ४३ लाख बढी ग्रस कलेक्सन गरेको सिनेमाले पहिलो सातामै आफ्नो लगानी सुरक्षित गरेको छ ।

सुहाना इन्टरटेनमेन्टको व्यानरमा सुनिलकुमार थापाले निर्माण गरेको सिनेमामा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत, अनुराग कुँवर, बुद्दी तामाङ, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय छ ।

सिनेमाको १ हप्ते कलेक्सन केहि बेरमा ‘द सिनेमा टाइम्स’बाट सार्वजनिक हुदैंछ ।