प्रिमियरमा ‘ए मेरो हजुर २’लाई उत्कृष्ट प्रतिक्रिया ! (प्रिमियर फोटोकथा)

प्रिमियरमा ‘ए मेरो हजुर २’लाई उत्कृष्ट प्रतिक्रिया ! (प्रिमियर फोटोकथा)

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ । आज शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘ए मेरो हजुर २’ले ग्राण्ड प्रिमियर सम्पन्न भएको छ । कुमारी हलमा गरिएको प्रतिक्षित प्रिमियरमा पाहुनाको उल्लेख्य उपस्थिति रह्यो ।

प्रिमियरमा सिनेमा हेरे पश्चात ‘ए मेरो हजुर २’को तारिफ गरियो । विशेषगरी सिनेमाको कथाबस्तु, मेकिंग, छायाँकन, मुख्य कलाकारको केमेस्ट्री, सलोन बस्नेतको अभिनय र झरना थापाको निर्देशकीय डेब्युलाई सबैले रुचाए | समग्रमा सबै पाहुनाले एउटा उत्कृष्ट लभस्टोरी सिनेमा हेर्न पाएको प्रतिक्रिया दिए ।

सिनेमा रिलिज अगाडी निकै चर्चामा रहेको जोडी सलिन र साम्राज्ञीले पनि पाहुना दर्शकबाट प्रशंशा र बधाई ग्रहण गरे । डेब्यु ‘ड्रिम्स’को दुई वर्ष पछी पर्दामा देखिएकी साम्राज्ञीले दोस्रो सिनेमामा आफुलाई निखारेकी छन् । सिनेमामा पाएको भूमिकामा उनले शतप्रतिशत दिएकी छन् | त्यस्तै सलिनले पहिलो सिनेमाबाटै दर्शकको मन जिते । सिनेमामा आफ्नो भूमिकामा फिट देखिएका सलिनको क्युटनेसलाई दर्शकले नोटिस गरे ।

प्रिमियरमा रेखा थापा, झरना थापा, पल शाह, आँचल शर्मा, सुशील क्षेत्री, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, रमेश उप्रेती, दीपेन्द्र के खनाल, संचिता लुइँटेल, आमेश भण्डारी, निता ढुंगाना, आकाश श्रेष्ठ, सुरबिना कार्की, इन्दिरा जोशी, निता ढुंगाना लगायत थुप्रै सिने कर्मी र पत्रकारको उपस्थिति रह्यो ।

सुनिलकुमार थापा निर्मित सिनेमा आजबाट देशभरका ९० बढी हलमा प्रदर्शनमा आएको छ । म्युजिकल जर्नी लभस्टोरीमा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत, अम्बर सुवेदी, अनुराग कुँवर, बुद्दी तामाङ, अनुभव रेग्मी, विल्सनविक्रम राई लगायतका कलाकारको अभिनय छ ।

सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्मित ‘ए मेरो हजुर २’को कथा हरिहर अधिकारीले लेखेका हुन् । संजय लामाले खिचेको सिनेमाका पटकथाकार सामिप्यराज तिमेल्सिना हुन् । सिनेमाले अग्रिम हल संख्यामा बलिउडको अजय देवगन स्टारर ‘बादशाहो’लाई उछिनेको छ ।

तस्विर: उद्दव रसाईली