रेखा र आर्यन स्टारर ‘रुद्रप्रिया’ पोस्टर रिलिज (फस्टलुक)

रेखा र आर्यन स्टारर ‘रुद्रप्रिया’ पोस्टर रिलिज (फस्टलुक)

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ । ८ वर्ष पछी सँगै काम गरेका रेखा थापा र आर्यन सिग्देलको जोडी अब कार्तिक २ गते पर्दामा आउँन तयार छ ।नेपाली सिने क्षेत्रको हिट जोडी मध्येको एक, यसले लक्ष्मीपुजालाई आफ्नो टार्गेट बनाएको छ ।

अब यो जोडीका फ्यानले रेखा र आर्यनसँगै तिहारको रमझम साट्नेछन् । सुदीप बबी भूपाल सिंहको निर्देशनमा बनेको सिनेमा ‘रुद्रप्रिया’को आज तिन पोस्टर सार्वजनिक गरिएका छन् ।

एक पोस्टरमा झोला बोकेकी रेखा र आर्यन साधारण रुपमा प्रस्तुत भएका छन् । नारी प्रतिनिधित्व गर्ने टाइटलका लागि रेखाको सोलो पोस्टर पनि तयार पारिएको छ । जहाँ रेखाले पछ्यौराले आफ्नो एक आखाँ छोपेकी छन् । र तेस्रो पोस्टरमा पनि पछ्यौराले आखाँ छोपेकी रेखाले आर्यनको हात समातेकी छन् । भने, आर्यनले निलो छाता समातेका छन् ।

सिनेमामा राजनराज सिवाकोटी, अर्जुन पोखरेल, सुरेश अधिकारीको संगीत, संजय लामाको छायाँकन, पटकथा रुबी सेन र निर्देशक स्वयम्को छ ।  ‘रुद्रप्रिया’मा सरस्वती थापा र रमेश एमके पौडेल निर्माताको रुपमा रहेका छन् । सिनेमामा रेखा र आर्यनसँगै राजन इशान, विश्व बस्नेत लगायतका कलाकारको अभिनय छ ।