सिड्नीमा ‘ए मेरो हजुर २’लाई दर्शकको उल्लेख्य साथ

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाल रिलिजमा दर्शक र समिक्षकबाट सकारात्मक साथ पाएको सिनेमा ‘ए मेरो हजुर २’को सिड्नी प्रिमियर सकिएको छ । बरउडस्थित इभेन्ट सिनेमामा गरिएको शो मा ‘ए मेरो हजुर २’ले दर्शकको उल्लेख्य साथ र माया पायो । सिनेमाको शोको लागि नेपालबाट निर्देशक झरना थापा र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह सिड्नी पुगेका थिए…