दोस्रो साता पनि ‘छक्का पन्जा २’ मय देशभरका हल !

द सिनेमा टाइम्स, काठमाडौँ । असोज ११ बाट प्रदर्शनमा आएको सिनेमा ‘छक्का पन्जा २’ले उत्साहजनक व्यापारलाई निरन्तरता दिईरहेको छ । दशैंको एक हप्ते लामो विदाले गर्दा सिनेमा हेर्न हलमा दर्शकको भिड लागेको छ । अघिल्लो भागको लोकप्रियता र सफलताको कारण ‘छक्का पन्जा २’ प्रतिक्षित थियो । उसको ब्राण्ड भ्यालुको फाईदा ‘छक्का पन्जा’ले भरपुर उठाउँन सफल भएको छ…